Khabar Board
Flash logo up side
Nirbachan aayog

मेयर बालेन भन्छन्– रंगशाला बनाउने चाहना छ

Nirbachan m

काठमाडौं ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ्सँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले यस्तो बताएका हुन् ।

उनले भने ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित ब्यबस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउँछौँ,’ ।

कुराकानीका क्रममा मेयर शाहले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताए । ‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौँ । अहिले पनि काठमाडौं महानगरले महानगरमा भएका ‘ए डिभिजन’, ‘वि डिभिजन’ र ‘सी डिभिजन’ फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ,’ उनले भने ।

नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरू महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.