Khabar Board
Flash logo up side
flash header

यू-२० राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

Nirbachan m

काठमाडौं ।

नेपाली यू-२० राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ११ खेलाडी बाहिरिएको जनाएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडी बाहिर राख्दै ३० खेलाडीलाई प्रशिक्षणमा राखेको एन्फाले जनाएको छ । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका एन्फाले ४१ खेलाडी प्रशिक्षणमा बोलाएको थियो ।

साफ यू-२० च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

Center article

त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ । यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।

नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ । नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी : गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख डिफेन्डरः सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर

मिडफिल्डर : अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.