Khabar Board
Flash logo up side
flash header

नेपाल सुपर लिग सम्झौता रद्द गर्न सिफारिस

Nirbachan m

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) सञ्चानल गर्न गरेको सम्झौता रद्द गर्न सिफारिस गरिने भएको छ। फ्रेञ्चाइज फुटलब प्रतियोगिता एनएसएल आयोजनाको विषयमा ए डिभिजन क्लबले असन्तुष्टि जनाउँदै आएका थिए।

सो विषयमा एन्फा पदाधिकारी र असन्तुष्ट क्लबबीच शुक्रबार छलफल भएको थियो। छलफलपछि एन्फा पदाधिकारी र क्लबबीच एनएसएल आयोजनाको सम्झौता रद्द गर्न कार्यसमितिलाई सिफारिस गर्ने निर्णय भएको छ। सम्झौता प्रक्रिया नमिलेकाले सम्झौता रद्द गर्न सिफारिस गर्ने निर्णय भएको छलफलमा सहभागी एन्फाका एक पदाधिकारीले बताए।

यसअघि एन्फा निर्वाचनको एक साताअघि गत जेठ ३१ मा भदौ २५ गतेदेखि कात्तिक ५ सम्म एनएसएल आयोजना गर्न पत्र पठाइएको थियो।एन्फाका तत्कालिन महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड एभेन्ट मेनेजमेन्टलाई पत्र लेख्दै समय उपलब्ध गराएको पत्र पठाएका थिए।

Center article

एनएसएलले गत वैशाख ५ गते समय उपलब्ध गराउन भन्दै एन्फालाई पत्राचार गरेको थियो। यसअघि गत चैतमा एनएसएल हुने बताइए पनि अन्तिम समयमा स्थगित भएको थियो। एनएसएले खेल्ने १० टिमले खेलाडीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भिर असर गरेको भन्दै निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन असमर्थ भएको बताएका थिए। एन्फाले ढिलो गरी प्रतियोगिताको स्विकृती दिएको भन्दै असन्तुष्टि जनाएका थिए।

एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी छन्।

एन्फाले एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको थियो। तर एनएसएल टिमले १५ दिनअघि मात्र प्रतियोगिता गर्न अनुमति दिँदा तयारी गर्न समय नभएको दाबी गरेका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.