Khabar Board
Flash logo up side
flash header

खराब ब्याटिङका कारण खल्लो बनेको नेपालको स्कटल्यान्ड भ्रमण

Nirbachan m

काठमाडौं ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको स्कटल्यान्ड भ्रमण सुखद् हुन सकेन। लिग-२ अन्तर्गतको अंक तालिकामा दोस्रो स्थानमा रहेको स्कटल्यान्डविरूद्ध ऐतिहासिक जित गर्दा पनि नेपाली टिमको प्रदर्शन प्रश्न उठेका छन्। नेपाल, नामिबिया र स्कटल्यान्डबीचको यो एकदिवसीय सिरिजमा नेपालले आफ्ना चार मध्ये तीन खेलमा हार बेहोर्‍यो।

नामिबियासँग दुवै खेलमा पराजित भएको नेपाल स्कटल्यान्डविरूद्ध पहिलो खेल जित्दा र दोस्रो खेलमा हार्‍यो। चारै खेलमा नेपालले खराब ब्याटिङ गर्‍यो। स्कटल्यान्डविरुद्ध हात पारेको जित उत्कृष्ट बलिङका कारण सम्भव भएको थियो। चार खेलमा नेपालले दुई अर्धशतक मात्र प्रहार गर्न सक्यो।

नामिबियाविरूद्धको पहिलो खेलमा आरिफ शेखले ८४ बलमा नटआउट ४० रन जोडेका थिए। तर नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमै अलआउट भयो। खेलमा आरिफको अर्धशतकसँगै देव खनालले ३४ रन जोड्दा अरु ब्याट्सम्यानले खराब ब्याटिङ गरेका थिए।

स्कटल्यान्डविरूद्धको पहिलो खेलमा नेपाली बलर चम्किए। सोमपाल कामी र आदिल अन्सारीले ३-३ विकेट लिएपछि स्कटल्यान्ड १४४ रनमै अलआउट भयो। यो लक्ष्य नेपालले ५ विकेट गुमाएर पार गरेको थियो। जसमा ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ७१ रन जोडेका थिए।

दोस्रो खेलमा नेपालले नामिबियालाई १९९ रनमै अलआउट गरेको थियो। जसमा कप्तान सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिएपछि नामिबियालाई सामान्य स्कोरमा समेटे पनि नेपालको ब्याटिङ फेरि चलेन। नेपाल १३६ रनमै अलआउट भयो। दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३८ रन र आसिफ शेखले ३४ रन जोड्न सके।

Center article

स्कटल्यान्डविरूद्ध दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले सिरिजकै खराब प्रदर्शन गर्‍यो। नेपाल ३५.५ ओभरमा १२८ रनमै अलआउट भयो। यो खेलमा ओपनर आसिफ शेखले सबैभन्दा बढी ४० रन जोडे। अरू ब्याट्सम्यान फेरि पनि सस्तैमा आउट भए। समान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

यो सिरिजमा विशेष गरी ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अपेक्षा गरेअनुसार ब्याटिङ गर्न सकेनन्।कुशलले (२७ रन, २७ रन, ० र ३ रन) चार इनिङ्ग्समा कुल ५७ रन मात्र जोड्न सके। दीपेन्द्रले (४ रन, ३ रन, ३८ रन र ७ रन) कुल ५२ रन मात्र जोड्न सके।

नेपालका लागि सबैभन्दा बढी रन जोडेका आसिफ शेखले (१४ रन, ७१ रन, ३४ रन र ४० रन) कुल १५९ रन जोडे। स्कटल्यान्ड भ्रमणमा खराब ब्याटिङकै कारण नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा झरेको छ। नेपालले २० खेलबाट १७ अंक मात्र जोड्न सकेको छ। नेपालभन्दा तल रहेको सातौं स्थानको पपुवा न्युगिनीको २ अंक छ।

एकदिवसीय मान्यता जोगाउनका लागि शीर्ष पाँच भित्र पर्न अब नेपालले बाँकी रहेका १६ खेलमा राम्रो नजिता निकाल्न आवश्यक छ। नेपालले अब नामिबिया र स्कटल्यान्डविरूद्ध दुई सिरिज खेल्न बाँकी छ। एक सिरिज नेपालमा हुनेछ भने अर्को सिरिज नामिबियामा छ। यस्तै नेपालले युएई र पपुवा न्युगिनीसँग पनि दुई सिरिज खेल्न बाँकी छ। एक सिरिज नेपालमा हुनेछ भने एक सिजन पपुवा न्युगिनीमा हुनेछ।

यी सिरिजमा राम्रो नतिजा निकाल्न सके नेपालले १८ अंक जोडेर पाँचौ स्थानमा रहेको नामिबिया, २३ अंक जोडेर चौथो स्थानमा रहेको अमेरिका र २६ अंक जोडेर तेस्रो स्थानमा रहेको युएईलाई पछि पार्न सक्छ। लिग-२ मा ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्कटल्यान्डको ३४ अंक छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.