सीपीएल : यस्तो छ सन्दीप आबद्द जमैकाको खेल तालिका

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्दै छन्। दशौँ संस्करणको सीपीएलका लागि सन्दीप जमैका तालाबाजमा अनुबन्ध भएका छन् । दशौँ संस्करणको सीपीएल आगामी भदौ १६ बाट असोज १४ गतेसम्म आयोजना हुनेछ ।

यस प्रतियोगितामा जमैका तालाबाज,सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स,ट्रिन्बागो नाईटराईडर्स,गुयना अमेजन वारियर्स,सेन्ट लुसिया किंग्स तथा बारबाडोस रोयल्स गरि ६ टोलीको सहभागीता रहने छ ।

जमैकाको खेल तालिका नेपाली समय अनुसार –

यस संस्करणको उद्घाटन खेल नै जमैकाको रहेको छ। जमैकाले भदौ १६ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग बिहान ४:४५ बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल भदौ १८ गते गुयना अमेजन वारियर्ससँग बेलुका ७:४५ मा खेल रहेको छ । तेस्रो खेल भदौ २३ गते सेन्ट लुसिया किंग्ससँग बिहान ४:४५ मा रहेको छ ।

चौथो खेल २५ गते ट्रिन्बागो नाईटराईडर्ससँग बेलुका ७:४५ मा रहेको छ ।  पाँचौ खेल बारबाडोस रोयल्ससँग भदौ २६ गते बेलुका ७:४५ मा रहेको छ । छैटौं खेल भदौ २९ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबिच बेलुका ७:४५ मा रहेको छ । सातौं खेल भदौ ३० गते बारबाडोस रोयल्सविरुद्ध बेलुका ७:४५ मा रहेको छ ।

आठौं खेल असोज १ गते ट्रिन्बागो नाईटराईडर्सविरुद्ध बिहान ५:४५ मा रहेको छ । नवौं खेल असोज ६ गते बिहान ४:४५ मा गुयना अमेजन वारियर्सविरुद्ध रहेको छ । समूह चरणको अन्तिम तथा दशौं खेलमा जमैकाले सेन्ट लुसिया किंग्सविरुद्ध खेल्ने छ । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।

यो पनि : पूर्वकप्तान पारस ‘लेजेण्ड्स लिग क्रिकेट’ मा अनुबन्ध भएपछि यस्तो भन्छन् सन्दीप

नेपालका पूर्वकप्तान पारस खड्काले संन्यास लिएका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सहभागी हुने टी-२० क्रिकेट प्रतियोगिता ‘लिजेन्ड्स लिग क्रिकेट’ खेल्ने भएका छन्। प्रतियोगिताको दोस्रो सिजनमा पारस पनि सहभागी हुने आयोजकले आइतबार सार्वजनिक गरेको हो।

उनले खेल्ने टिमको नाम भने केही दिनभित्र सार्वजनिक गरिनेछ । लिग आगामी सेप्टेम्बरमा हुनेछ । दोस्रो संस्करणमा चारवटा फ्रेञ्चाइज टिमले खेल्ने छन् । प्रतियोगिताको पहिलो सिजन गत जनावरीमा ओमानमा भएको थियो।

त्यतिबेला तीन टिम सहभागी भएका थिए। ओमानमा नै आगामी सेप्टेम्बरमा हुने दोस्रो संस्करणमा लागि आयोजकले चार वटा नयाँ फ्रेञ्चाइज टिम घोषणा गर्ने जनाएको छ। लिगमा पारससहित ५० जना लिजेन्ड खेलाडी सहभागी हुने आयोजकको भनाइ छ।

हाल नेपालको बलिङ प्रशिक्षक रहेका धम्मीका प्रसाद पनि लिगमा सहभागी हुनेछन्। यस्तै चामिन्दा भास, थिसारा परेरा, प्रज्ञान ओझा, पार्थिव पटेल, मिचेल जोनसन, हरभजन सिंह लगायतका खेलाडी पनि सहभागी हुनेछन्। गत वर्षको साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारसले तीन वर्षअघि नेपालको कप्तानबाट राजीनामा दिएका थिए।

२२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तानमा पर्छन्। उनको नेतृत्वमा नेपालले डिभिजन-५ देखि एकदिवसीय टिम र टी-२० टिमको मान्यता पायो। १० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए।

पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि उनी पहिलोपटक मैदान उत्रनेछन् ।

लेजेण्ड्स लिग क्रिकेटमा पारस अनुबन्ध भएसँगै नेपाली टिमका कप्तान सन्दीप लामिछानेले उनलाई बधाई तथा शुभकामना दिएका छन् । साथै, उनले फेरि एकपटक दिग्गज खेलाडीहरूलाई मैदानमा देख्न निकै उत्सुक रहेको पनि उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्‘ यो अचम्मको खबर हो । सबै दिग्गजहरूलाई फेरि मैदानमा फर्केर हेर्नको लागि तत्पर छौं । हाम्रो आफ्नै पारस खड्का दाईलाई शुभकामना, हार्दिक शुभकामना,’ ।