Khabar Board
Flash logo up side
flash header

नेपाललाई ठूलो झड्का, पहिलो गोल हुँदा पनि दिएनन् गोल

Nirbachan m

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल खेल्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको नेपाल र श्रीलंकाबीचको खेल ७:१५ बजे देखि सुरु भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाविरूद्ध सुरुवाती अग्रता लिएको बाट चुकेको छ। नेपालले खेलको २८ औं मिनेटमा गोल गरे पनि फाउलको कारण गोल दिएको थिएन। नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । तर, श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनकि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।

आजै भएको पहिलो खेलमा साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।

बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले दुई गोल गरे । भारतका गुर्किरात सिंहले एक गोल फर्काए । यस जितसँगै बंगलादेशले २ खेलमा ६ अंक ओडेको छ । बंगलादेश शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

Center article

श्रीलंकाविरुद्ध नेपालको सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), अजय चौधरी, अमर श्रेष्ठ, कृतिशरत्न छन्जु, दीपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दीप कार्की ।

यो पनि : साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशको दोस्रो जित, भारत पराजित हुदाँ नेपाललाई फाइदा

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.