काठमाडौं ।
साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल खेल्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको नेपाल र श्रीलंकाबीचको खेल ७:१५ बजे देखि सुरु भएको थियो । नेपालले खेलको दोस्रो हाफको १२ मिनेटमा नै अग्रता लिएको हो । नेपालका लागि कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
यस्तै नेपालले खेलको ६४ औं मिनेटमा दोस्रो गोल गरेको छ। नेपालका लागि दोस्रो गोल कृति रत्नले गरेका छन् । नेपालले श्रीलंका विरुद्ध तेस्रो गोल मनाङ्ग्य नकर्मी गरेका छन् । नेपालले खेलको ८६ औं मिनेटमा तेस्रो गोल गरेको हो।
आज नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ।भने श्रीलंका नेपालविरूद्ध साफ यू-२० च्याम्पियनसिपको पहिलो जितको खोजीमा हुने छ।नेपालले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।
नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । तर, श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनकि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।
आजै भएको पहिलो खेलमा साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।
बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले दुई गोल गरे । भारतका गुर्किरात सिंहले एक गोल फर्काए । यस जितसँगै बंगलादेशले २ खेलमा ६ अंक ओडेको छ । बंगलादेश शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
श्रीलंकाविरुद्ध नेपालको सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), अजय चौधरी, अमर श्रेष्ठ, कृतिशरत्न छन्जु, दीपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दीप कार्की ।
यो पनि : श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो जित, यस्तो बन्यो अंक तालिका