काठमाडौं ।
साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाविरूद्ध विशाल जित हासिल गरेको छ ।आज भएको दोस्रो खेलमा नेपाल ३-० ले विजय भएको हो।
नेपाली य–२० टिमका कप्तान आयुष घलानले विश्व कीर्तिमान बनाएका छन् । उनी साफ य–२० मा गोल गर्ने पहिलो नेपाली कप्तान बन्दै विश्व कीर्तिमान बनाएका हुन् । विगतमा यो प्रतियोगिता यू–१८ र यू–१९ को ढाँचामा हुने गर्दथ्यो । यसपालि भने यू–२० को प्रारूपमा साफको आयोजना गरिएको हो ।
पहिलो खेलमा पनि आयुषले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा उनले गोल भने गर्न सकेका थिएनन् । आयुषले खेलको ५९ औं मिनेटमा गोल गरेका हुन् । अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरेका थिए ।
खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे । यस गोल गरेसँग आयुषले ठूलो विश्व कीर्तिमानी बनाएका छन्।
कप्तान आयुष घलानले गोल गरे लगतै ठूलो कीर्तिमान हात परेका हुने। उनि जारी साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा कप्तानले गोलले गर्ने पहिलो खेलाडी बनेका छन् । साथै साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता पहिलो गोल गर्ने नै पहिलो कप्तान बनेका हुन।
यस्तै नेपालले खेलको ६४ औं मिनेटमा दोस्रो गोल गरेको छ। यस्तै नेपालले खेलको ६४ औं मिनेटमा कृतिश रत्नले दोस्रो गोल गरेको छन। नेत्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।
यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो। श्रीलंकाको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन्। नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ।















