काठमाडौं ।
एसीसी एसिया कप क्रिकेट २०२२ युएईमा आयोजना हुने भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।
श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप श्रीलंकामै गर्ने योजनामा रहेको थियो। तर, एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप युएईमा गर्ने निर्णय गरेको हो । टी-ट्वान्टी फर्म्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।
एसिया कपमा एसियाको टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् । भारत पछिल्लो एसिया कप २०१८ को च्याम्पियन हो ।
एकदिवसीय क्रिकेटबारे बाहिरियो कसैले नसोचेको खबर
पछिल्लो हप्ता विश्वका चर्चित खेलाडी वेन स्टोकले एकदिवशीय क्रिकेटबाट सन्यास लिए । एक दिवशीय क्रिकेटमा राम्रो लयमा भएका खेलाडीले एक्कासी गरेको सन्यासको घोषणाले सबैलाई चकित पारेको थियो । यो मात्रै होइन रविचन्द्र आश्विन र माइकल वार्नले एक पोडकास्टमा बोल्ने क्रममा एकदिवशीय क्रिकेट चलेको बेला टेलिभिजन बन्द गरिदिने बताएका थिए ।
स्टोकले एकदिवशीय क्रिकेटबाट लिएको सन्यासलाई समर्थन गर्दै पाकिस्तानका पूर्व कप्तान वसिम अक्रमले पनि ५० ओभरको खेलको अर्थ नरहेको बताएका थिए । उनले कमेन्ट्री गर्दा पनि एकदिवशीय खेल निकै पट्यार लाग्दो हुने गरेको बताए ।
सत्य पनि यहि हो, पछिल्लो दुई दशकदेखि एकदिवशीय खेलको लोकप्रियता घट्दै आएको छ । भारतीय क्रिकेट हस्ती सचिन तेन्दुलकरले पनि २००९ यता एकदिवशीय फर्म्याटले चर्चा बटुल्न नसकेको बताए ।
त्यस अघि एकदिवशीय खेल, खेलाडीका लागि दाम र नाम कमाउन सहज हुने फर्म्याट थियो । एकदिवशीय क्रिकेट धेरै लामो हुने भएकाले खेलाडी तथा समर्थक दुवैलाई बिचका ओभरहरु अल्छी लाग्दो हुने उनले बताए ।
पावर प्लेको १० ओभर र पछिल्लो पावर हिटिङ १० ओभर मात्र चाख लाग्दो हुने र बाँकी बिचका ओभरहरु पट्यारलाग्दो हुने उनले बताए । तेन्दुलकरले ५० ओभरको खेललाई २५/२५ ओभरको दुई इनिङ्स बनाउँदा आकर्षक र रोमाञ्चक हुने बताए ।
इङ्ल्यान्डका पूर्व कप्तान टोनी ग्रेन र तेन्दुलकर र दुवैले ५० ओभरको एकदिवशीय खेललाई चार वटा इनिङ्समा विभाजन गर्ने विचार प्रस्तुत गरे । ग्रेनले २०१२ मा भनेका थिए, ‘२०११ मा भएको विश्वकप सफल भयो किनभने उक्त खेल भारतमा भएको थियो । तर एकदिवशीय खेलको आकर्षण घट्दै गई रहेको छ ।’
त्यस लगत्तै ग्रेन कतै न कतै गलत सावित पनि भए । अष्ट्रेलियामा भएको २०१५ को विश्वकप, त्यसपछि न्युजिल्यान्डमा भएको विश्वकप तथा २०१९ मा इङ्ल्यान्डमा भएको एकदिवशीय विश्वकप अत्यधिक सफल भयो ।
तर एकदिवशीय क्रिकेटको र्फम्याटमा चुनौती भने पक्कै आएको छ । क्रिकेट हस्ती स्टोकले एक्कासी एकदिवशीय क्रिकेटबाट सन्यास लिए पछि क्रिकेट समर्थकमा हलचल ल्यायो । एकदिवशीय क्रिकेटमा राम्रो गरि रहेका खेलाडीले समय अगावै सन्यास लिनु एकदिवशीयमा उब्जिएको अर्को प्रश्न हो ।
विश्व क्रिकेटमा टी–२० क्रिकेट लिग चल्नु र यसको प्रशिद्धी अत्यधिक हुनु एकदिवशीय फर्म्याटको लोकप्रियता घट्नुको मुख्य कारण हो । एकदिवशीय क्रिकेटको लोकप्रियता खेलाडीमा पनि घट्दै गइरहेको छ । टि–२० क्रिकेट हाल समर्थक माझ पनि निकै लोकप्रिय छ । खेलाडीमाझ पनि यी दुई फर्म्याटमध्ये टी–२० फर्म्याट बढी लोकप्रिय रहेको छ । स्टोक तीनै फर्म्याटका क्रिकेटमा चलेका खेलाडी हुन् ।
उनले कुनै एक फर्म्याट छोड्न परेको खण्डमा एकदिवशीय छोड्ने घोषण गरेका थिए । तर केही खेलाडी जस्तै क्विन्टन डी ककले एकदिवशीयलाई निरन्तरता दिँदै टेष्ट फर्म्याट छोडेका छन् । त्यस कारण एकदिवशीय खेलको लोकप्रियता घटेको नै भनेर भन्न सकिँदैन ।
तर हाल स्टोक, कोहली र रोहित जस्ता खेलाडी जसले लामो समय क्रिकेट खेलेका छन् उनीहरुले कुन फर्म्याटमा आफूलाई अगाडि लानेछन् त्यो कुराले पनि क्रिकेटको विकल्पको रुपमा कुन हुने भन्ने निर्धारण गर्नेछ । टेष्ट क्रिकेटमा कार्यभार सम्हाल्ने क्षमता तथा खेलको उत्साह कुनमा बढी भन्ने भएमा अहिलेको खण्डमा टी–२० फर्म्याटले नै बढी लोकप्रियता पाउने सम्भावना देखिएको छ ।