Khabar Board
Flash logo up side
flash header

नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षक प्रभाकरलाई नियुक्त गरेपछि यस्तो भन्छ आईसीसी

Nirbachan m

काठमाडौं ।

भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ। स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केपछि पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो। प्रभाकरले प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन्।

यस्तै, रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन्। प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन्। ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’, उनले भने।

प्रभाकरले एक दशकभन्दा भारतको राष्ट्रिय टिमका लागि खेले। सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्यूजिल्याण्डविरुद्ध अन्तिम टेष्ट खेलेका थिए। यस्तै, उनले १९८४ कै अप्रलिमा श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।

Center article

१९९६ मा श्रीलंकाविरुद्ध नै उनले अन्तिम एकदिवसीय खेले। बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवसीयमा १५७ विकेट लिएका थिए। टेष्टमा उनको उच्च स्कोर १२० थियो। उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका थिए।

एकदिवसीयमा भने उनले एक हजार ८५८ रन बनाए। उनले एकदिवसीयको उच्च स्कवर १०६ थियो। १५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजारभन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन्। उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवसीय विश्वकपसमेत खेलेका थिए। लोअर अर्डमा ब्याटिङ गर्ने गाजियाबाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङसमेत गरेका थिए।

यसैबीच, प्रभाकर नेपालको मुख्य प्रशिक्षक नियुक्त भएगलत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिगद् (आईसीसी)ले पनि उनको चर्चा गरेको छ। एक समाचार नै लेखेर आईसीसीले प्रभाकरको चर्चा गरेको हो। उसले ‘भारतका पूर्व खेलाडीले नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।

‘प्रभाकरको नियुक्ति नेपाली क्रिकेटमा निर्णायक समयमा आएको हो। ओमानमा भएको टी–२० विश्वकप क्वालिफायर ए टूर्नामेन्टबाट नेपाल बाहिरियो। र ऊ विश्वकपमा छनोट हुनबाट वञ्चित भयो। पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरिरहेको छ।’ आईसीसीले पनि उनी जतिको मान्छे नेपाल आउनु राम्रो हुने बताएको छ। बीसीसीआइबाट पनि उनको नाम सिफारिस भएको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.