नेपालले केन्यासँग ८ म्याच खेल्ने, यस्तो छ खेल तालिका

Image

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार केन्यासँग नेपालले टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जनाएको छ ।

नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ। दुबै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ।

सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ। क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिकासमेत सार्वजनिक गरेको छ। नेपालले सुरुआतमा टी–२० सिरिज खेल्नेछ। पहिलो टी–२० अगस्ट २५ मा हुनेछ। यस्तै, २६, २७, २९ र ३० मा टी–२० हुनेछ।

पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ। नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ।

सिरिजको खेल तालिका :

यो पनि : केन्यासँग सिरिज खेल्ने नेपालको टिम घोषणा, ज्ञानेन्द्र मल्लसहित यी खेलाडीले गरे कमब्याक