Khabar Board
Flash logo up side
flash header

कीर्तिमान ओपनर कुशल टिमबाटै बाहिरिए, यस्तो थियो उनको पछिल्लो प्रदर्शन

Nirbachan m

काठमाडौं ।

नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीयका लागि नेपालले टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

यस टोलीमा तीन खेलाडीले पुनरागमन गरेका छन्। पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, साहब आलम र विवेक यादवले पूनरागमन गरेका हुन्। यूएई सिरिजपछि नेपालको कुनैपनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आएसँगै टोलीमा पुनरागमन गरेका छन्।

विकेटकिपर विनोद भण्डारी र रेगुलर ओपनर कुशल भुर्तेल भने टोलीबाट बाहिरिएका छन्। नेपालका लागि यू–१९ का विकेटकिपर अर्जुन साउँद पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। उनी विकेटकिपरसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन्। अर्जुनले उमेर समूह अन्तर्गत यू–१९ एसिया कप खेलेका हुन्।

नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ। दुबै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ। सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ। क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिकासमेत सार्वजनिक गरेको छ। नेपालले सुरुआतमा टी–२० सिरिज खेल्नेछ।

पहिलो टी–२० अगस्ट २५ मा हुनेछ। यस्तै, २६, २७, २९ र ३० मा टी–२० हुनेछ। पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ। नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ।

कीर्तिमान कुशल टिमबाट बाहिरिए

कीर्तिमान ओपनर भुर्तेल टिमबाट बाहिरिएका हुन्। उनको नाममा विभिन्न ठूला कीर्तिमान रहेका छन्। कुशल ‘डेब्यू’पछि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने विश्व क्रिकेटका एक मात्र खेलाडी हुन्।

उनले २०७८ वैशाखमा भएको त्रिकोणत्मक सिरिजमा यो विश्व कीर्तिमा बनाएका थिए। उनले सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२ रनको अर्धशतकीय पारी खेलेका थिए। मलेसियाविरुद्धको खेलमा ६१ रनको अर्धशतकीय पारी खेले।

Center article

कुशलले नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा पनि अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाउन सफल भएका थिए। नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजमा उनले कुल ५ खेलमा ४ अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए।

डेब्यू खेलमै कुशलले आसिफ शेखसँग मिलेर कीर्तिमानी साझेदारी गरे। उनीहरुले नेदरल्यान्ड्सविरुद्ध १ सय १६ रनको ओपनिङ साझेदारी गर्दै पहिलो विकेटका लागि सर्वाधिक रनको विश्व कीर्तिमान बनाएका थिए।

नेपालका लागि एकदिवसीयमा सर्वाधिक क्याच लिने कीर्तिमान पनि कुशलकै नाममा छ। उनले उनले १९ खेलमा १९ नै क्याच लिएका छन्। उनलाई पछ्याइरहेका आसिफ शेखले ९ क्याच लिएका छन्। उनले नेपालका लागि टी–२० आईमा शतक समेत बनाइसकेका छन्।

डेब्यूपछि उत्कृष्ट प्रदर्शन गरेका कुशलले पछिल्लो समय लय गुमाएका छन्। सोही कारण उनले टिमबाटै बाहिर हुनु परेको छ। उनको पछिल्लो १० इनिङ्स सम्झनलायक छैन। उनले १० पारीमा एक मात्रै अर्धशतक बनाएका छन्।

कुशलका पछिल्ला १० इनिङ्स :

केन्यासँग सिरिज खेल्ने नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव। वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

यो पनि : केन्यासँग सिरिज खेल्ने नेपालको टिम घोषणा, ज्ञानेन्द्र मल्लसहित यी खेलाडीले गरे कमब्याक

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.