फिफा विश्वकपको तालिका हेरफेर, ‍यस्तो छ नयाँ तालिका

Image

काठमाडौं ।

कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरू हुने तालिका थियो । उक्त तालिका संशोधन गर्दै फिफाले एक दिन अघि अर्थात नोभेम्बर २० बाटै विश्वकप सुरू हुने तालिका निकालेको हो।

पहिलो खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ। यसअघिको तालिका अनुसार नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो। कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रूपमा हुँदै थियो।

विश्वकपको पहिलो खेलमा आयोजकले खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ।घरेलु टोली कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि तालिका हेरफेर भएको हो।

यस्तो छ नयाँ तालिका :

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी असोज दोस्रो साता बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो।

एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले मैत्रीपूर्ण असोज ११ गते दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो। मैत्रीपूर्ण फिफा विडोअन्तर्गतको हुनेछ।

एन्फ ले ‘ए’ डिभिजन लिग फुटबलको मिति तय गरेको छ। प्रतियोगिता पुस दोस्रो साता हुने भएको छ। एन्फाको बिहीबार बसेको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिगको मिति तोकेको हो।

‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म आयोजना गर्नका लागि मिति तोकिएको एन्फाका एक सदस्यले जानकारी दिए। यस्तै सी डिभिजन लिग असोज १ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ।

आजै बसेको बैठकले बी र सी डिभिजन लिगको पनि मिति तय गरेको छ। बैठकले बी डिभिजन लिग चैत ८ देखि वैशाख १५ र सी डिभिजन लिग वैशाख १८ देखि जेठ २७ गतेसम्म गर्ने निर्णय गरेको छ।

एन्फाले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।

यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए । बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।

समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् । ७ सदस्यीय सम्झौता नविकरण समितिले एनएसएलसँग त्रुटिपूर्ण सम्झौता खारेज गर्दै सम्झौता नविकरण गर्नेछ।

पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।

यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ । यस्तै प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।