बंगलादेशसँग खेल्ने नेपालको टोली घोषणा, किरण-विमलसहित यी खेलाडीले पाए मौका

Image

काठमाडौं ।

बंगलादेशसँगका मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा भएको छ। असोजमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४० सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो।

नेपाल र बंगलादेशबीच असोज ११ गते मैत्रीपूर्ण खेल हुँदैछ। उक्त खेलका लागि एन्फाले कार्यवाहक प्रशिक्षकको भूमिकामा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ।

हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्। टोलीमा अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङ, विमल घर्तिमगर, अन्जन विष्ट, अनन्त तामाङ, रोहित चन्दसहितका खेलाडीसमेत समावेश छन्।

गोलरक्षक: किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ। डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास।

साफको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्दी भुटान

श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भुटानको सामना गर्ने भएको हो।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा भारत र भुटान रहेको छ। नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ।

समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल सेप्टेम्बर १४ मा हुनेछ।

यो पनि : अल्मुताइरीले आउट गरेका खेलाडीको लिस्ट खारेज, यी स्टार खेलाडीले गरे ‘कमब्याक’