काठमाडौं ।
न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिल टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । भारतीय कप्तान रोहित शर्मालाई पछाडी पार्दै गुप्टिल शीर्ष स्थानमा उक्लिएका हुन् ।
गुप्टिलले वेस्ट इण्डिजसँगको तीन खेलको सिरिजमा जित हात पारेसँगै यो कीर्तिमान बनाएका हुन् ।गुप्टिलले १ सय १७ इनिङमा ३ हजार ४ सय ९७ रन बनाएका छन् । शर्मा ३ हजार ४ सय ८७ रनका साथ दोस्रो स्थानमा छन् ।
विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् । गुप्टिलको नाममा रहेको यो कीर्तिमान केही समय अघि मात्र शर्माले तोडेका थिए ।
आईसीसीबाट आयो नेपाली महिला क्रिकेटका लागि यस्तो सुखीको खबर
नेपाली महिला क्रिकेट टोलीले आगामी वर्षसम्ममा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने सम्भावना देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आईसीसीबाट नेपालको महिला टोलीलाई एकदिवसीय मान्यता दिने संकेत आफूले पाएको बताए।
आगामी वर्ष केही नयाँ राष्ट्रलाई एकदिवसीय मान्यता दिने आईसीसीको तयारी भएकाले गत जुलाईमा बसेको आईसीसीको बोर्ड बैठकमा आफूले कुरा राखेको र नेपालले मान्यता पाउने संकेत आफूले पाएको मल्लले जानकारी दिए।
‘मैले नेपाली महिला क्रिकेटभन्दा धेरै पछाडि रहेको देशहरुलाई मान्यता किन दिइयो भनेर आईसीसीका सीईओलाई जिज्ञासा राख्दा आफूहरुबाट गल्ती भएको बताएका छन्।’ मल्लले भने।
आगामी वर्ष नयाँ राष्ट्रलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिँदा नेपाल आईसीसीको पहिलो प्राथमिकतामा रहने मल्लले बताए। आईसीसीले यसवर्ष नेदरल्याण्ड्स, थाइल्याण्ड, पपुवा न्युगिनी, स्कटल्याण्ड तथा अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिएको थियो।
नेपालले गुमायो भारत र पाकिस्तानसँग खेल्ने स्वर्णिम मौका
एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरू ओमानमा हुँदैछन्। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानयो। छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ।
प्रतियोगितामा सिंगापुर, यूएई, हङकङ र कुवेत सहभागी हुनेछन्। सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। र, शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। एसिया कप समूह ‘ए’ मा भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली हुनेछन्। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। यद्यपि, नेपाल भने छनोट प्रतियोगिताबाट बाहिरिसकेको छ। दुई वर्षअघि नेपालले भारत र पाकिस्तानसँग खेल्ने स्वर्णिम अवसर गुमाएको थियो।
थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगितामा नेपालले सहभागिता जनायो। त्यसमा नेपालको प्रदर्शन खराब रह्यो। र, एसिया कप छनोटबाट बाहिरियो। ५ टोली रहेको प्रतियोगितामा नेपाल चौथो बन्दै बाहिरिएको थियो।
इस्टर्न रिजनको शीर्ष दुईमा रहेका टोलीले एसिया कप छनोट खेल्दैछन्। इस्टर्न रिजनबाट सिंगापुर र हङकङ तथा वेस्टर्न रिजनबाट कुवेत र यूएई छनोट भएका हुन्। सिंगापुरसँग हङकङ पराजित भएपछि नेपाल एसिया कप छनोटबाट बाहिरिएको थियो।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कप्तान नेपाल सो प्रतियोगिताका ४ खेलमा १ म्याचमा मात्रै जित निकालेको थियो। एक खेलमा भने अंक बाँडेको थियो। पहिलो खेलमा मलेसियासँग २२ रन, दोस्रो म्याचमा हङकङविरुद्ध ४३ रनले हारेको नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले हराएको थियो।
नेपालले आफ्नो चौथो तथा अन्तिम खेलमा सिंगापुर खेल्ने तालिको थियो। तर, वर्षाले प्रभावित म्याच टस नभई रद्द भएको थियो। यो प्रतियोगिता सन् २०२० को फेब्रुअरी/मार्च महिनाम भएको थियो। नेपालले अहिलेसम्म एसिया कप खेल्न सकेको छैन।
एसिया कप टी–२० प्रतियोगिता अगस्ट २७ बाट यूएईमा सुरु हुँदैछ। ६ टोली सहभागी प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्। सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ। यसअघि एसिया कप श्रीलंकामा तय भएको थियो। तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।