Khabar Board

यी हुन् कप्तान सन्दीप लामिछानेआवद्ध भाइपर्समा खेल्ने चर्चित १३ खेलाडी (नामावालीसहित)

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले यूएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी–२० लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन्। लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो।

भाइपर्सले सन्दीपसँगै इङ्ल्याण्डका ६ जना, वेष्टइन्डिजका २ जना, श्रीलंका, पाकिस्तान, न्यूजिल्याण्ड र नामिबियाका १–१ जना खेलाडीलाई अनुबन्ध गरेको छ।
टोली युवा र अनुभवी खेलाडीहरूले भरिएको छ। यस्तै टम मुडीलाई क्रिकेट निर्देशकको रूपमा र जेम्स फोस्टरलाई डेजर्ट भाइपर्स टोलीका लागि मुख्य प्रशिक्षकको रूपमा भित्र्याएको छ।

ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् ।

जसमा १४ विदेशी खेलाडी राख्न पाइनेछ । यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडी अनिवार्य गरिएको छ। प्लेइङ–११ मा भने कम्तिमा एक जना यूएई र एसोसियट राष्ट्रका खेलाडी हुनुपर्नेछ।

यी हुन् भाइपर्सले अनुबन्ध गरेका १३ विदेशी खेलाडीहरू :

एलेक्स हेल्स (इंग्ल्याण्ड), कोलिन मुनरो (न्यूजिल्याण्ड), टम करन (इंग्ल्याण्ड), वानिन्दु हसरंगा (श्रीलंका), साम बिलिङ्स (इंग्ल्याण्ड), सन्दीप लामिछाने (नेपाल), शेरफन रदरफोर्ड (वेस्ट इन्डिज), बेन डकेट (इंग्ल्याण्ड), रुबेन ट्रम्पेलम्यान (नामिबिया), शकिब महमूद (इंग्ल्याण्ड), बेनी होवेल (इंग्ल्याण्ड), शेल्डन कोट्रेल (वेस्ट इन्डिज) र आजम खान (पाकिस्तान)।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.