काठमाडौँ ।
माल्दिभ्स एफए कप पुरुष फुटबल माल्दिभ्सको प्रमुख नकआउट प्रतियोगिता हो। गत सिजन एफए कप नहुँदा लिग विजेता माजिया र दोस्रो स्थानमा रहेको क्लब ईगल्सलाई वरियता दिइएको थियो। पछिल्लो एफए कप २०२० मा थियो जब कोभिड-१९ महामारीका कारण क्वार्टर फाइनलपछि रद्द गरिएको थियो।
अगस्ट २१ मा भएको एफए कप पुरुष फुटबल २०२१/२०२२ को फाइनल खेलमा माल्दिभ्समा माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालीका चर्चित गोलरक्षक किरन चेम्जोङको टोलीले पूर्व च्याम्पियन र हालको प्रेसिडेन्ट्स कप विजेता क्लब भ्यालेन्सियाले दा ग्रान्डेलाई २-० ले हराउदै उपाधि जितेको छ ।
यो संगै मजियाले इतिहासमा पाँचौं पटक एफए कपको फाइनलमा प्रतिस्पर्धा गरेको छ। यसअघिका ४ फाइनलमध्ये माजियाले २०१२ र २०१४ मा एफए कपको उपाधि आफ्नो नाम गरेको थियो।
टोलि माजियाको लागि १४औं मिनेटमा नाइज हसनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ३२औं मिनेटमा हम्जाले गोलकिपरको माथिबाट बल नेटमा हानेर २–० को अग्रता बनाएर जित हासिल गरे ।
बिहीबार सम्पन्न सेमिफाइनल भिडन्तमा माजियाले क्लब ग्रीन स्ट्रिटसलाई ३-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । माजियाका लागि अकरम अब्दुल घानी, हम्जा मोहम्मद र मुसा यामिनले गोल गरेर टिमलाइ सानदार जित दिलाएका थिए।
भारतमा ‘नेपाली चेली’ दीपा न्यौपानले गरिन् गोलको वर्षा
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ ।आइतबार भएको खेलमा डन बस्कोले कडाथानाड राजा एफएलाई ९-१ गोल अन्तरले हराएको हो ।
डन बस्कोको जितमा दिपाले ह्याट्रिक गरिन् । उनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरिन।दीपाले लगातार दोस्रो खेलमा गोल गरेकी हुन् । दिपाले डेब्यु खेलमा २ गोल गरेकी थिइन् । दिपालाई केरेला लिगका लागि अनुबन्ध डन बस्को एफएले गरेको हो ।

















