नवौंको पुरुष क्रिकेटमा आज चार खेल हुँदै

Image

काठमाडौं ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार चार खेलहरु हुँदैछन् ।

मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ । टियुमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बाट सुरु हुनेछ ।

टियुमा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ। मुलपानी मैदानमा हुने पहिलो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ । यस खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।

मुलपानी मैदानमा हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लब बिच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।