पीएम कप क्रिकेटको खेल तालिका सार्वजनिक

Image
फाइल फोटो

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले मेलर्बन क्रिकेट क्लब (एमसीसी) को महिला क्रिकेट टिमको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ । जस अनुसार एमसीसी महिला टिमले ७–१५ कात्तिकमा नेपालमा ६ खेल खेल्ने छ । ४ खेल पोखरामा र २ खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

एमसीसीले नेपालका राष्ट्रिय सिनियर महिला खेलाडी सम्मिलित क्यान ११ सँग ३ खेल, आईसीसीको ड्रिम यू–१९ टिमसँग १ खेल र नेपाली महिला खेलाडीको मिश्रित टिमसँग २ खेल खेल्ने छ । एमसीसीको भ्रमणका दौरान नेपाल महिला क्रिकेटका लागि अन्य तालिम तथा प्रशिक्षण पनि हुने क्यानले बताएको छ ।