Khabar Board
Flash logo up side
flash header

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

Nirbachan m

काठमाडौं ।

बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ ।नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८-० को फरकिलो अन्तरले पराजित भएको थियो ।

Center article

प्रतियोगितामा तीन टिमले डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ । नेपालले दोस्रो खेल घरेलु टोली बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । यस्तै भुटानसँग नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा पुन: खेल्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.