रिचार्लिसन चम्किदा ब्राजिलको विजयी सुरुआत

Image

काठमाडौं । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो । ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे ।

खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ । सर्बिया अंक विहीन रहदै पुछारमा रहेको छ ।