Khabar Board
Flash logo up side
flash header

बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलौलीलाई

Nirbachan m

बैतडी ।

बैतडीमा सञ्चालन भएको तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ । फाइनल खेलमा दनपालाई पाखा लगाउँदै मेलौलीले जित हात पारेको हो । मेलौली ३–१ ले खेल जित हात पारेको हो । मेलौली पाटनलाई हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधि जितेसंगै मेलौलीले १ लाख २५ हजार नगद र ट्रफी हात पारेको छ । यस्तै दशरथचन्द नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । उसले नगद ७५ हजार सहित ट्रफी हात पारेको छ ।

Center article

यस्तै प्रतियोगितामा पाटन नगरपालिका तेश्रो भएको छ । उसले नगद ३५ हजार तथा ट्रफी हात पारेको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मंसिर २५ गतेदेखि दशरथचन्द खेल मैदान सुन्दरखालीमा प्रतियोगिता सञ्चालन भएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.