काठमाडौं ।
पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोको सन्यास घोषणा आउने अनुमान गरिएको थियो ।
पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग १-० गोलले पराजित भएको थियो । तर, ३७ वर्षीय रोनाल्डोले तत्काल सन्यास नलिने भएको हो । रोनाल्डोले २०२४ को युरोकप खेल्ने विश्वास लिएका छन् ।
रोनाल्डोले पोर्चुगलका लागि १९६ खेलमा १ सय १८ गोल गरेका छन् । रोनाल्डो हाल क्लब विहीन छन् । म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो फ्री एजेन्टमा रहेका छन् ।