Khabar Board
Flash logo up side
flash header

कतार विश्वकप : मोरक्को र क्रोएसिया भिड्दै

Nirbachan m

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् । मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

Center article

अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.