Khabar Board
Flash logo up side
flash header

फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

Nirbachan m

काठमाडौं ।

बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज आइतबार आयोजक बंगलादेशसँग खेल्दैछ । ढाकामा हुने नेपाल र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल बंगलादेशलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । बंगलादेश पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । बंगलादेश लिग चरणमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको हो । नेपाल पुछारमा रहेको थियो ।

Center article

बंगलादेशले लिग चरणको तीन खेलमै जित निकालेको थियो । नेपालले भने तीन खेलमै हार व्यहोरेको थियो । तर, प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३-० को सोझो सेटमा हराएको थियो । यस्तै अर्को सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच खेल हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.