Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

Nirbachan m

काठमाडौं ।

शनिबारबाट राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेलको आयोजना हुँदैछ ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा लिगको पहिलो संस्करण जारी रहेको हो । । आजको पहिलो तथा प्रतियोगिताको पाँचौ खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्स बीचमा खेल हँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।

पहिलो खेलमा जित निकालेको काठमाडौं आजको खेलमा जित निकादै लगातार दोस्रो जित निकाल्न चाहान्छ । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाडौं १ खेलमा २ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दोस्रो खेलखेल्न लागेको फार वेस्ट पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो ।

फार वेस्ट १ खेलमा अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ । आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ । पहिलो खेलमा पराजित विराटनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अल् स्टारसँग पराजित भएको हो । विराटनगर १ खेलमा अंक विहिन रहेर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

पहिलो खेलमा पोखराविरुद्ध सहज जित निकालेको रोयल्स लगातार दोस्रो जित निकाल्न चाहान्छ । रोयल्स १ खेलमा २ जितका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

 

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.