Khabar Board
Flash logo up side
Nirbachan aayog

तेस्रो स्थानका लागि आज नेपाल र श्रीलंका भिड्दै, यस्तो छ खेल सुरु हुने समय

Nirbachan m

काठमाडौं ।

बंगलादेशमा जारी बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज सोमबार श्रीलंकाको सामना गर्दैछ । ढाकामा नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

आज नेपाल श्रीलंकालाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर तेस्रो स्थान प्राप्त गर्न चाहन्छ । यस अघि लिग चरणको खेलमा नेपाललाई श्रीलंकाले हराएको थियो । प्रतियोगिताको उपाधिका लागि बंगलादेश र किर्गिस्तान भिड्ने छन् ।

आइतबार भएको सेमिफाइनलमा आयोजक बंगलादेशले नेपाललाई ३-० को सोझो सेटमा हराएको थियो । यस्तै किर्गिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.