Khabar Board
Flash logo up side
flash header

रसिद खानको रेकर्ड तोड्दै सन्दीप लामिछाने बने ओडिआईमा छिटो सय विकेट लिने खेलाडी

Nirbachan m

काठमाडौं ।

अफगानी क्रिकेटर रसिद खानको रेकर्ड भंग गर्दै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम म्याचमा सय विकेट लिने कीर्तिमान बनाएका छन्।

उनले ४२ खेलमा १०० विकेट लिँदै सो कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो। उनले ४४ खेलमा सय विकेट लिएका थिए। यस्तै अष्ट्रेलियाका मिचेल स्टार्क ५२ र पाकिस्तानका सकलेन मुस्ताकले ५३ खेलमा सय विकेट पुर्‍याएका थिए।

Center article

शुक्रबार एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा विकेट लिँदै लामिछानले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सय विकेट पुर्‍याएका हुन्। उनले १२.३ ओभरमा ओमानका सफिकको विकेट लिएका हुन्।

लामिछाने पहिलो पटक सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। डेब्यूमै उनले एक विकेट लिएका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.