Khabar Board
Flash logo up side
flash header

आयरल्यान्ड वल्भसविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल, अनिल बेन्चमा

Nirbachan m

काठमाडौं । आयरल्यान्ड वल्भसविरुद्ध दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेको छ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालका लागि १५ जना मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहनेछन् । तीन मुख्य पेसर सोमपाल कामी, करण केसी र अभिनाश बोहरा सहित गुलशन झा पनि प्लेइङ ११ मा रहेका छन् ।

खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।

नेपाली टोली: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,

Center article

बेन्च: आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव,

आयरल्यान्डको टोली : निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, मोर्गन टपिङ, बेन व्हाइट

बेन्च: म्याथ्यु फोस्टर, ग्याभिन होए, जेम्स मक्कोलम, पिजे मुर

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.