बेंगलुरुले कोलकातालाई दियो १८३ रनको लक्ष्य, कोहलीको अर्को उत्कृष्ट इनिङ

Image

काठमाडौं । विराट कोहलीको अर्धशतकको सहयोगमा १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाईटराईडर्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

बेंगलुरुका लागि विराट कोहलीले ५९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय ईनिङ खेले । क्यामरुन ग्रीनले २१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । ग्लेन म्याक्सवेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।

कोलकाताका लागि हर्षित राना र आन्द्रे रसेलले समान २/२ तथा सुनिल नारायणले १ विकेट लिए ।

जारी सिजनमा कोलकाताले आफ्नो दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा कोलकाताले सनराइर्जस हैदरावादलाई पराजित गरेको थियो ।

तेस्रो खेल खेल्दै गरेको बेंगलुरु दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चेन्नईसँग पराजित बेंगलुरुले दोस्रो खेलमा पन्जाव किंग्सलाई पराजित गरेको थियो ।