Khabar Board

नेपाल ‘ए’ लाई पहिलो सफलता, सागरले दिलाए महत्वपूर्ण विकेट

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पहिलो सफलता हात पारेको छ । सागर ढकालले नेपाललाई विकेट दिलाएका हुन् ।

जेम्स म्याकोलम २६ रन बनाएर क्याच आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४ ओभरमा १ विकेटको क्षतिमा ३९ रन बनाएको छ ।

नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिए थिए । नेपालले टोलीमा २ परिवर्तन गरेको छ । पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन् । आयरल्यान्डले पनि टोलीमा २ परिवर्तन गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय १ रनमा समेटिएको थियो । एक समय सहजै जिततर्फ उन्मुख नेपाली टोली राम्रो फिनिसिङ नहुँदा हार बेहोर्न पुगेको थियो । लोकेश बमको शतक र आरिफ शेखको जिम्मेवारी इनिङले नेपाल बलियो स्थितिमा पुगेको थियो ।

आजको खेल जिते वल्भ्सले सिरिज जित्नेछ । शनिबार भएका कारण घरेलु समर्थकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी

बेन्च : हेमन्त धामी, विकास आग्री, नारायण जोशी,अर्जुन घर्ती

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.