Khabar Board
Flash logo up side
flash header

फ्रेन्डसिप कपमा आज गुजरातसँग भिड्दै नेपाल

Nirbachan m

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज(आइतबार) गुजरात क्रिकेट एसोसिएसनको टिमसँग खेल्दैछ ।

खेल भारतको गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ मा सुरु हुनेछ ।

गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ ।

Center article

नेपालले दोस्रो खेलमा मंगलबार बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दा बुधबार पुनः गुजरातसँग खेल्नेछ । शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।

यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ गएको थियो । यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

नेपाली टोली : रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, आकाश चन्द, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.