Khabar Board

अर्जुन र डुवाना सर्वोत्कृष्ट जुनिअर खेलाडी घोषित

काठमाडौँ । यू–१९ राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान अर्जुन कुमाल यस वर्षको सर्वोत्कृष्ट जुनिअर पुरुष खेलाडी घोषित भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६०औँ वार्षिकोत्सवमा बुधबार कुमाल सर्वोत्कृष्ट जुनिअर खेलाडी घोषित भएका हुन्। कुमालले एसीसी यू–१९ प्रिमियर लिग, एशिया कप र विश्वकप कपसमेत खेलिसकेका छन्।

यस्तै, महिलातर्फ भने पौडीकी डुवाना लामा सर्वोत्कृष्ट जुनिअर खेलाडी घोषित भइन्। उनले गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण र १ रजत जितेकी थिइन्।

सिनियरतर्फ भने बक्सिङकी सुस्मा तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका भइन्। यस्तै, सर्वोत्कृष्ट पारा खेलाडी भने पौडीकै भीमबहादुर कुमाल भए। गत वर्ष सम्पन्न सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगितामा उनले ५० मिटर फ्रिस्टाइलमा उनले स्वर्ण जितेका थिए। उनले त्यसक्रममा नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरेका थिए।

सिनियरतर्फ सर्वोत्कृष्ट महिला खेलाडी भने बक्सिङकी सुस्मा तामाङ घोषित भइन्। सुस्माले एसबीसी यू २९ एशियन च्याम्पियनसिपमा उनले कांस्य जितेकी थिइन्।

यस्तै, पुरुष सिनियरतर्फ एथलेटिक्सका दीपक अधिकारी सर्वोत्कृष्ट खेलाडी घोषित भए। अर्जुन, डुवाना र भीमबहादुरले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। सुस्मा र दीपकले भने जनही १ लाख रुपैयाँ पाए।

उनीहरूलाई राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.