डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो २८५ रनको लक्ष्य

Image

काठमाडौं । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको हो । उसका लागि स्टिफन डोहेनीले शतकीय पारी खेले । उनले १२९ बलमा ९ चौका र दुई छक्कासहित १०७ रनको पारी खेलेका हुन् ।

यस्तै, पिटर मूरले ४४, म्याथ्यू हम्फ्रेजले २३, मोर्गन टपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गेभिन होयले १४ रन जोडे ।

नेपालका लागि रिजन ढकाल र रञ्जित कुमारले तीन/तीन तथा साहब आलम र विकास आग्रीले एक/एक विकेट लिए । तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ ।

नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो ।

नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी (कप्तान), साहब आलम, रञ्चित कुमार, रूपेश सिंह, रिजन ढकाल र विकास आग्री ।