Khabar Board
Flash logo up side
flash header

को हुन् नेपालको बलिङ कन्सलट्यान्टमा नियुक्त भएका रोडी इस्टविक?

Nirbachan m

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो।

Center article

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।

६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए । उनले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए क्रिकेट प्रतियोगिता खेलेका छन्। प्रथम श्रेणीका ४९ खेलमा उनले ३७६ रन बनाएका थिए भने १४१ विकेट लिएका थिए। लिस्ट ए का ४२ खेलमा उनले १०० रन बनाउँदा ४३ विकेट लिएका थिए।

एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए ।

नेपालका वर्तमान प्रशिक्षक मोन्टि देशाइ वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए । एस्टविकलाई आइसीसी टि२० विश्वकप सम्मका लागि अनुबन्ध गरिएको हो । एस्टविकले यसै साता ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन् ।

नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमान जाने कार्यक्रम छ। ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जाने कार्यक्रम छ। विश्वकप जेठ दोस्रो सातादेखि हुँदैछ। नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो।

यो पनि : नेपालको बलिङ कोच भए लगत्तैरोडी रोडी इस्टविकले दिए यस्तो प्रतिक्रिया

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.