काठमाडौं । आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज साँझ ५ बजे एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गर्ने जानकारी दिएको छ ।
नेपालले दोस्रो पटक टि२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले विश्वकपको जर्सी निर्माण गर्न लागेको हो ।
जर्सी वर्तमान सिनियर टोलीले लगाएको भन्दा फरक बनाएको छ । टी–२० विश्वकपको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्डस् र नेपाल छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् । नेपाल सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकप खेल्नेछ ।