काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) मा कोलकाता नाइटराईडर्सले पहिलो हार व्याहोरेको छ ।
चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा चौथो खेलमा पहिलो हार व्यहोर्ने क्रममा कोलकाताले ७ विकेटको सहज हार व्यहोरेको छ । कोलकाताले दिएको १ सय ३८ रनको लक्ष्य चेन्नईले १७ दशमलब ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नईको जितमा कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकाको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । ड्यारल मिचेलले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । दोस्रो विकेटका लागिमा मिचेल र गायकवाडले ५५ बलमा ७० रनको साझेदारी गरे । यो साझेदारी नै जितका लागि निर्णायक बन्यो ।
शिभव दुवेले १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २८ रन बनाए । तेस्रो विकेटका लागि गायकवाड र दुवेले बलमा रनको ३८ साझेदारी गरे ।
अर्का ओपनर रचिन रविन्द्रले ८ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए । कोलकाताका लागि वरुण अरोराले दुई तथा सुनिल नारेनले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।
कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३२ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाए । ओपनर सुनिल नारानले २० बलमा ३ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । अंगकृष्ण रघुवंशीले २४ तथा रमनदिप सिंहले १३ रन बनाए ।
कोलकातालाई कम रनमा रोक्न चेन्नईका लागि तुसारदेश पान्डे र रविन्द्र जडेजाले समान तीन तीन तथा मुस्ताफिजुर रहमानले दुई विकेट लिए ।
जितसँगै चेन्नई पाँच खेलमा तीन जितका साथ चौथो स्थानमा छ । चौथो खेलमा पहिलो हार व्यहोरेको कोलकाता दोस्रो स्थानमा कायमै छ ।