Khabar Board

यस्तो छ कतारविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप आज(शनिबार) नेपालले आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल ओमानको मस्कटमा नेपाली समय अनुसार अपरान्ह सवा चारबाट सुरु हुदैछ ।

मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुआत गरेको नेपाल कतारलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा हङकङसँग पराजित कतार नेपाललाई पराजित गरि पहिलो जित निकाल्न चाहन्छ । कतारविरुद्धको खेलमा नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने लक्ष्यमा रहने छ ।

मलेसियाविरुद्धको खेलमा रहेको प्लेईङ-११ लाई आज पनि निरन्तरता दिने सम्भावना छ । कतारविरुद्धको खेलमा नेपालको प्लेईङ-११ यसप्रकारको रहने सम्भावना छ ।

नेपालको ओपनरमा कुशल भुर्तेल र आसिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलको सम्भावना छ ।

चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ । पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा करण केसीको सम्भावना छ ।

नवौं नम्बरमा सोमपाल कामीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११ : कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.