एसिसी प्रिमियर कपमा कतारविरुद्ध आसिफ शेखको अर्धशतक

Image

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

उनको अर्धशतक मद्दतमा नेपालले १३.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२० रन बनाएको छ ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ चौका र २ छक्काको मद्दतमा ३५ रन बनाएका हुन् ।