Khabar Board
Flash logo up side
flash header

एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्र सिंह ऐरी खेलपछि यस्तो भन्छन्

Nirbachan m

काठमाडौं । अललराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्ध ६ बलमा ६ छक्का हानेपछि सबै नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

Center article

दीपेन्द्रले अन्तिम ओभरमा कतारका मध्य गतिका बलर कमरान खानलाई लगातार छक्का हानेका थिए । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

कतारलाई १७८ रनमा रोक्दै नेपालले लगातार दोस्रो जित हात पारेको छ । बलिङतर्फ पनि दीपेन्द्रले दुई विकेट लिएका थिए । खेलपछि बोल्दै दीपेन्द्रले भने, ‘मैले पहिलादेखिनै बलिङ, ब्याटिङ र फिल्डिङको अभ्यास यस्तै गर्थेँ । त्यही कुरा अहिले काम लागिराखेको छ ।’ त्यसपछि उनले थपे, ‘चौथो छक्कापछि मलाई लाग्यो कि अरु दुई छक्का हान्न सक्छु ।’

दीपेन्द्र टोलीको विश्वासले फाइदा भएको बताउँछन् । ‘एकदमै खुसी लागेको छ । कीर्तिमान बनाउन सकेँ । टिमले मलाई एकदमै सपोर्ट गर्छ । कोचले पनि फिनिसरको रुपमा नै हेर्नुहुन्छ । टिमले एक अर्कालाई सपोर्ट गर्दा म यहाँ छु’, उनले भने ।

दीपेन्द्रले २०८१ सालको सबै नेपालीलाई शुभकामना पनि दिएका छन् । ‘सबैलाई नयाँ वर्षको शुभकामना । हामीलाई सधैं यस्तै सहयोग गर्नुहोला । हामी नेपाललाई यस्तै जितका साथ आउने छौं’, उनले भने ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.