यस्तो छ युएईविरुद्ध सेमिफाइनलमा नेपालको सम्भावित प्लेईङ-११

Image

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार नेपाल र युएईबीच खेल हुदैछ । एसोसिएट क्रिकेटको ईएल क्लासिको भिडन्त रुपमा रहेको यो खेल शुक्रबार नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल अपराजित रुपमा समूह बिजेताको बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै युएई आफ्नो समुहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

युएईविरुद्ध नेपालले प्लेइङ–११ मा दुइ खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले शुक्रबार कुशल भुर्तेललाई विश्राम दिएर अनिल साहलाई मौका दिने सम्भावना रहेको छ । यस्तै अघिल्लो खेलमा खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्कने सम्भावना रहेको छ ।

नेपालको ओपनरमा अनिल साह र आरिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा नियमित झै कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा तीव्र गतिका बलर करण केसीले मौका पाउने सम्भावना छ ।

नवौं नम्बरमा सोमपाल कामीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११ : अनिल साह, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।