तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्दै, यस्तो छ नेपालको सम्भावित प्लेईङ-११

Image

काठमाडौं ।  एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि शनिबार तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।

पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको हो। समूह चरणका सबै खेल जितेको नेपाल अपराजित हुँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा यूएईका बलरसामु नेपाल निरिह बनेको हो। दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग ५ विकेटले पराजित भयो।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः १५ बजे सुरु हुँदैछ। प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र युएई आइतबार भिड्नेछन्।

तेस्रो सथानको खेल जित्दै नेपालले इमर्जिङ कपमा स्थान बनाउने लक्ष्य राखेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्न पाउने छन्।

हङकङविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । कुशल भुर्तेललाई विश्राम दिएर अनिल साहलाई मौका दिने सम्भावना रहेको छ ।

नेपालको ओपनरमा अनिल साह र आरिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा नियमित झै कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा तीव्र गतिका बलर करण केसीले मौका पाउने सम्भावना छ ।

नवौं नम्बरमा सोमपाल कामीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११ : अनिल साह, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।