४२ वर्षीय धोनीले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

Image

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा चेन्नई सुपर किंग्सले तेस्रो हार बेहोरेको छ । शुक्रबार लखनउ सुपरजाइन्ट्सले चेन्नईलाई लखनउमा ८ विकेटले पराजित गर्‍यो।

चेन्नईका महेन्द्र सिंह धोनीले ४२ वर्षको उमेरमा आईपीएलमा ५०० रन बनाउनदै  इतिहास रचेका हुन् ।  उनले ८ बलमा २८ रन बनाए र ४० वर्षको उमेरपछि आईपीएलमा ५०० रन बनाउने पहिलो खेलाडी बने ।

धोनीले विकेटकिपरका रूपमा आईपीएलमा ५ हजार रन पनि पूरा गरे र यो गर्ने पहिलो विकेटकिपर बने । लखनउका कप्तान केएल राहुल विकेटकिपरका रूपमा २५ पटक सर्वाधिक ५० भन्दा बढी स्कोर बनाउने खेलाडी बने।

१. ४० वर्षको उमेर पछि धोनीको नाममा सबैभन्दा धेरै रन

महेन्द्र सिंह धोनीले ८ बलमा २८ रन बनाए । यो सँगै उनले ४० वर्षको उमेरपछि प्रतियोगितामामा ५ सय रन पुरा गरे। उनी ४० वर्षको उमेरपछि आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । धोनी अहिले ४२ वर्षका छन् । उनले क्रिस गेलको कीर्तिमान तोडे जसले ४० वर्षको उमेरपछि आईपीएलमा ४८१ रन बनाएका थिए ।

MS Dhoni slammed 28 off nine at the death, Lucknow Super Giants vs Chennai Super Kings, IPL 2024, Lucknow, April 19, 2024

२. धोनीको स्ट्राइक रेट पछिल्लो २ वर्षमा सबैभन्दा राम्रो छ

धोनीले गत वर्ष आईपीएलमा १८२.४६ को स्ट्राइक रेटमा १०४ रन बनाएका थिए। यो वर्ष उनले २५५.८८ को स्ट्राइक रेटमा ८७ रन बनाएका छन् । आईपीएलमा पछिल्ला दुई वर्षमा ५० भन्दा बढी बल खेलेका खेलाडीमध्ये धोनीको सबैभन्दा राम्रो स्ट्राइक रेट छ। उनले २०९.८९ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनीपछि हैदरबादका अभिषेक शर्माले २०५.२६ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

३. आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर

धोनीले विकेटकिपरको रुपमा खेल्दै आईपीएलमा ५ हजारभन्दा बढी रन पुरा गरेका छन् । उनी यस्तो गर्ने पहिलो विकेटकिपर हुन् । उनले विकेटकिपरका रुपमा पनि २५१ खेल खेलिसकेका छन् । धोनीपछि बैंगलुरुका दिनेश कार्तिकले विकेटकिपरका रूपमा २२८ खेलमा ४३६३ रन बनाएका छन् ।

MS Dhoni was sharp behind the stumps, Lucknow Super Giants vs Chennai Super Kings, IPL 2024, Lucknow, April 19, 2024

४. लखनउले लखनउमा सबैभन्दा ठूलो लक्ष्य पछ्यायो

लखनउ सुपरजाइन्ट्सले आफ्नो घरको मैदानमा १९ ओभरमा १७७ रनको लक्ष्य पछ्यायो। यो लखनउको एकना स्टेडियममा आईपीएलमा सबैभन्दा ठूलो चेस हो। यसअघि यही सिजनमा दिल्ली क्यापिटल्सले यही मैदानमा १६८ रनको लक्ष्य पछ्याएको थियो।

५. राहुलले २५ औँ पटक विकेटकीपरको रूपमा ५० प्लस रन बनाए

केएल राहुल आईपीएलमा विकेटकिपरका रूपमा सबैभन्दा बढी २५ पटक ५० वा सोभन्दा बढी रन बनाउने खेलाडी बने। राहुलले आईपीएलमा विकेटकिपरका रूपमा २४ पटक ५० भन्दा बढी रन बनाउने धोनीको कीर्तिमान तोडेका हुन् ।