Khabar Board
Flash logo up side
flash header

वेस्ट इन्डिज टोलीको नेपालमा भाइरल तस्बिरको बारेमा के भन्छ क्यान ?

Nirbachan m

काठमाडौँ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालसँग अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको छ । क्यारेबियन टोली बुधबार नेपाल आएको हो ।

Center article

वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ टोलीका खेलाडीको लगेज (सामना) बोक्न पठाएको सवारी साधनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । क्यानले क्यारेबियन टोलीका खेलाडीको लगेज ओसार्न बलेरो जिम विमानस्थलमा पठाएको थियो ।

सोही विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न नकारात्मक टिप्पणी सुरु भएको हो । क्यानका सदस्य छुम्बी लामा वेस्ट इन्डिजका खेलाडीको लगेज बोक्नका लागि मात्र त्यो भ्यानको प्रयोग गरिएको बताउँछन् ।

‘हामीले विमानस्थलबाट वेस्ट इन्डिजका खेलाडी ओसार्नका लागि मापदण्ड अनुसारको पर्यटक बस नै पठाएको हौँ । खेलाडीको लगेजका लागि मात्र त्यो त्यो भ्यान प्रयोग गरिएको हो । अरू देशमा पनि खेलाडी बोक्न र सामान बोक्न छुट्टाछुट्टै सवारी साधनको प्रयोग गर्ने परम्परा छ,’ उनले भने ।

छुम्बीले वेस्ट इन्डिजका खेलाडीलाई विमानस्थलबाट सोल्टी होटल लगिएको बताए । उनले वेस्ट इन्डिजको टोलीमा अनुभवी खेलाडीहरू रहेको जानकारी पनि दिए । ‘ए टोली भनिए पनि वेस्ट इन्डिजले राम्रा खेलाडी पठाएको छ । उनीहरू पनि विश्वकपको तयारीका क्रममा अभ्यास खेल खेल्न नै आएका हुन्,’ उनले भने ।

नेपाल भ्रमणका क्रममा वेस्ट इन्डिजले नेपालसँग पाँचवटा खेलको टी–२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । ‘यो भ्रमणले विश्वकपको तयारीमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छौँ,’ छुम्बीले भने ।

यो पनि :  वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत गरिएको आलोचनाबारे यस्तो भन्छन् खेलकुदमन्त्री श्रेष्ठ

यो पनि : अमेरिकामा दीपेन्द्रको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री (भिडीयो-सहित)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.