Khabar Board
Flash logo up side
flash header

वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तान पौडेलको अर्धशतक

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउनेक्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् ।

उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए । यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।

यातायात कार्यालय हेटौँडा

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.