Khabar Board
Flash logo up side
flash header

वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले ३४ बलमा ५० रन पूरा गरेका हुन् ।

यातायात कार्यालय हेटौँडा

अर्धशतक बनाउने क्रममा रोहितले चार चौका र एक छक्का प्रहार गरे । यसअघि शृंखलाको पहिलो खेलमा रोहितले वेस्ट इन्डिजविरुद्ध शतक बनाएका थिए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर ११८ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन बनाएको थियो ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.