Khabar Board
Flash logo up side
flash header

टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, क-कसले पाए माैका ?

Nirbachan m

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि दक्षिण अफ्रिकाले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ ।

Center article

आगामी विश्वकपका लागि टोली घोषणा गर्ने दक्षिण अफ्रिका दोस्रो राष्ट्र हो । यसअघि सोमबार न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाले एडन मारक्रमको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।

कप्तान मारक्रम हाल भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण खेलिरहेका छन् । आईपीएलमा उनी सनराइजर्स हैदराबादमा आबद्ध छन् । दक्षिण अफ्रिकी टोलीमा तीनजनालाई ‘रिजर्व खेलाडी’ को रुपमा समावेश गरिएको छ ।

जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका अधिकांश खेलाडीलाई टोलीमा स्थान दिइएको छ । तिब्रगतिका बलर जेराल्ड कोट्जीले पनि टोलीमा स्थान पाएका छन् । उनी मुम्बई इन्डियन्सको तर्फबाट आईपीएल खेलिरहेका छन् । उनले यसअघि एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

दक्षिण अफ्रिकी टोलीमा एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स रहेका छन् ।

रिजर्व खेलाडीका रुपमा टोलीमा नान्द्रे बर्गर र लुङ्गी एनगिडीलाई स्थान दिइएको छ । विश्वकपमा नेपाल र दक्षिण अफ्रिका बीचको खेल जुन १५ मा छ । नेपाल र लक्षिण अफ्रिका समूह डि मा रहेका छन् । समूह डी मा नेपाल र दक्षिण अफ्रिकाको अलावा श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । ३ जुनमा श्रीलंकासँग खेल्दै दक्षिण अफ्रिकाले विश्वकपको सुरुआत गर्नेछ ।

दक्षिण अफ्रीकाको टोली : एडेन माक्ररम (कप्तान), ओटनिएल बार्टमैन, जेराल्ड कोएट्जी, क्विंटन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेंड्रिक्स, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, डेविड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, रेयान रिकेल्टन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स।

रिजर्व : नांद्रे बर्गर र लुंगी एनगिडी।

यो पनि : टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा, यी खेलाडीले पाए माैका

यो पनि : टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

यो पनि : टी–२० विश्वकप खेल्न टोली घोषणा गर्‍यो भारतले, सन्जुसहित यी खेलाडीले पाए माैका

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.