Khabar Board
Flash logo up side
flash header

टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा, यी खेलाडीले पाए माैका

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ ।

सोमबार न्यूजिल्याण्ड क्रिकेट बोर्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा रहेका बलर म्याट हेनरी र ब्याटिंग अलराउण्डर रचिन रविन्द्र मात्र आइसिसी टी–२० विश्वकपको अनुभव नभएका खेलाडीमध्ये हुन् ।

यातायात कार्यालय हेटौँडा

विश्वकपमा न्युजिल्यान्ड समूह सि मा रहेको छ । समूह सी मा न्युजिल्यान्डका अलावा आयोजक वेस्ट इन्डिज, अफगानीस्तान, पपुवा न्यु गिनी, युगान्डा छन् । ७ जुनमा अफगानीस्तानसँग खेल्दै न्युजिल्यान्डले विश्वकपको सुरुआत गर्नेछ ।  यस्तै, नेपालको विश्वकप टिम घोषणा हुन बाँकी छ । आसन्न टी–२० विश्वकप १ जुनदेखि आयोजना हुँदैछ ।

न्यूजिल्याण्डको विश्वकप टिम :  केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्बे, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी निशाम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोढ़ी, टिम साउथी

 

यो पनि : टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, क-कसले पाए माैका ?

यो पनि : टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.