Khabar Board
Flash logo up side
flash header

दीपेन्द्रले नेपाली टोलीको कप्तानी गर्ने

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गर्ने भएका छन् । आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ ।

नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् ।

यातायात कार्यालय हेटौँडा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ । सिरिज हाल १-१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो ।

कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

नेपाली टोली : अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्ट इन्डिज ‘ए’ टोली : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, र हेडन वाल्स ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.