Khabar Board
Flash logo up side
flash header

इलियासको कप्तानीमा टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा, यी खेलाडीले पाए माैका

काठमाडौँ । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इलियासको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । ओमानले विश्वकपमा जिशानको ठाउमा इलियासलाई कप्तान बनाएको छ ।

यातायात कार्यालय हेटौँडा

विश्वकप खेल्ने ओमानको टोलीमा आकिब इलियास (कप्तान), जिशान मकसुद, कश्यप प्रजापति, प्रतीक आठवले (विकेट), अयान खान, शोएब खान, मोहम्मद नदीम, नसीम खुशी (विकेट), मेहरान खान, बिलाल खान, रफिउल्लाह, कलीमुल्लाह, फय्याज बट, शकील अहमद रहेका छन् । त्यस्तै रिजर्व खेलाडीमा जतिन्दर सिंह, समय श्रीवास्तव, सुफयान महमूद र जय ओडेद्रा रहेका छन् ।

ओमान  विश्वकपको समुह बी मा रहेको छ । यस समुहमा ओमानसहित इङल्याण्ड, अस्ट्रेलिया, नामिबिया र स्कटल्याण्ड रहेका छन् ।ओमानले पहिलो खेल जुन २ मा नामिबियासँग खेल्ने तालिका रहेको छ ।

यो पनि : विश्वकप खेल्ने नेपाली टोली घोषणा, क-कसले पाए माैका ?

यो पनि : टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा

यो पनि : टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

यो पनि : टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा

यो पनि : टी–२० विश्वकप खेल्न टोली घोषणा गर्‍यो भारतले

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.